सिमलताल दुर्घटना ज्यान गुमाएका ११ जनाको परिवारलाई आर्थिक सहयोग

रौतहट । चितवनको समलताल दुर्घटनमा ज्यान गुमाएका ११ जनाको परिवारलाई रौतहटको बौद्धीमाई नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । असार २८ गते गणपति डिलक्स बस त्रिशूलीमा खसेर ज्यान गुमाएका रौतहटका ११ जनाको परिवारलाई नगरप्रमुख प्रदीपकुमार यादवले जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

सो दुर्घटनमा बौद्धीमाई नपा–१ अजगैवी बो हरिचन्द्र यादव, बलि राउत कुर्मी, वडा–२ इनर्वाका रामकुमार पटेल, वडा–३ मटिअर्वाका पर्शुराम साह बनियाँ र मिना देवी, वडा–४ ईनरवारी शलेन्द्र पटेल, गुडु पटेल, प्रिन्स जयसवाल, वडा–७ का अमरिता देवी, प्रिती कुमारी, शिवशंखर कुमार गरी ११ जनाको परिवारलाई सहयोग रकम उपलब्ध गराइएको बौद्धीमाई नगरपालिकाले जनाएको छ ।

आर्थिक सहयोग कार्यक्रममा मधेस प्रदेशसभा सदस्य कनिश पटेल, बौद्धीमाई नपाका नगरप्रमुख प्रदिपकुमार यादव, उपप्रमुख प्रमिला जयसवाल, वडाध्यक्ष तुरन्त नारायण यादव, मुक्ति नारायण मिश्र, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, लेखा प्रमुख अरविन्दकुमार यादव, योजना शाखा प्रमुख उमेश झालगायतका उपस्थिति रहेको थियो ।

असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेएको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बगेको थियो ।

बसमा सवार ६५ जनामध्ये ३ जना बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आइतबार साँझसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्री र २ वटै बसको अवस्था अज्ञात छ । अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट उक्त टोली आएको छ ।

बेपत्ता बस र सो बसमा सवार यात्रुको खोजीमा भारतीय टोली जुटेको छ । भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आइतबार बिहानदेखि त्रिशूलीमा बगाएका २ वटा बस र तिनमा सवार यात्रीको खोजीमा खोजतलासमा जुटेको छ ।

प्रतिक्रिया