रौतहट बारको अध्यक्षमा पटेल र सचिवमा पासवान विजयी

रौतहट । रौतहट जिल्ला अदालत बार एसोसिएसनको निर्वाचन सम्पन्न भएको छ । अध्यक्ष र सचिव पदका लागि शनिबार भएको निर्वाचनमा अध्यक्ष पदमा सोनेलाल प्रसाद पटेल ३१ मत र सचिवमा सोनेलाल पासवानले ३४ मत ल्याएर विजयी भएका छन् ।

अध्यक्षमा प्रतिद्वन्दी उम्मेदवार हेमचन्द्र लाल कर्णको पक्षमा २७ मत परेकाले अध्यक्ष पदमा पटेल ४ मतान्तरले निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत मोहम्मद मजरुल हकले जानकारी दिए ।

सचिवमा प्रतिद्वन्दी उम्मेदवार हरिश्चन्द्र पण्डितको पक्षमा २३ मत खसेकाले सचिव पदमा सोनेलाल पासवान ११ मतान्तरले विजयी भएको निर्वाचन अधिकृत हकले बताए ।

प्रतिक्रिया