मधेस ब्युरो । रौतहटको देवाही गोनाही नगरपालिकाले बजेट ल्याएको छ । शनिबार देवाही गोनाही नगरपालिकाले यसवर्ष जनमुखी योजना ल्याएको छ । देवाहीगोनाहीस्थित नगरपालिकाको प्रांगणमा बजेट अधिवेशन बोलाइएको थियो । नगरप्रमुख प्रेमलाल साहको अध्यक्षतामा सो नगरसभा सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा मधेस प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री सुनिल कुमार यादव रहेका थिए । ।
नगरसभाको आठौँ अधिवेशनबाट जनमुखी नीति र कार्यक्रम ल्याएको छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको नीति तथा कार्यक्रम कार्यान्यवन गर्न ५६ करोडभन्दा बढी बजेट विनियोजन गरेको हो ।
हरेक वर्ष असार १० गते बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ । तर, आन्तरिक कुराहरू मिल्न नसक्दा समयमा बजेट आउन सकेको थिएन । शनिबार भएको नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । धेरै उत्साहका साथ सम्पन्न भएको नगरसभाबाट देवाहीगोनाही नगरपालिकाको जनताको मन जित्ने किसिमको नीति तथा कार्यक्रम पारित गरेको हो । नगरप्रमुख साह र प्रमुख प्रशासकीय अधिकृत संदेश कुमार यादवले नीति तथा कार्यक्रम वाचन गरेर सुनाएका थिए ।
नगरको चौतर्फी विकासको लागि यसै आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ५६ करोड २४ लाख २५ हजार ८८७ रुपैयाँ ५९ पैसाको बजेट पारित गरिएको लेखाप्रमुख प्रदीप यादवले जानकारी गराए । यसवर्ष आर्थिक विकासतर्फ कृषि, पशुपक्षी र मत्स्य र शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिक पूर्वाधार निर्माण कार्य लगायतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको यादवले बताए ।
सो नगरपालिकाको संघीय वित्तीय समानीकरण अनुदान १० करोड २१ लाख, संघीय राजस्व बाँडफाँड ९ करोड ११ लाख, संघीय ससर्त अनुदान चालु १६ करोड ९० लाख ७० हजार, संघीय सरकार ससर्त पुँजीगत १३ करोड ११ लाख ७२ हजार, संघीय सरकार समपुरकमा अनुमानित ५५ लाख, वित्तीय समानीकरण प्रदेश सरकार ९० लाख, विशेष अनुदान प्रदेश सरकार ७२ लाख २३ हजारलगायत अन्य शीर्षकमा पनि बजेटको आयको प्रक्षेपण गरिएको छ । कार्यक्रम सञ्चालन शिक्षा संयोजक अरविन्द यादवले गरेका थिए । सो अवसरमा वडा अध्यक्षहरू जनप्रतिनिधिहरू, पत्रकार, सुरक्षाकर्मी, कर्मचारीहरू सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया