मधेस ब्युरो । रौतहटको फतुवा विजयपुर नगरपालिका पछिल्लो समय भ्रष्टाचारको अखडा बन्दै गएको छ ।
फतुवा विजयपुर नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र लेखापाल उमेश यादवको कारण सो नगरपालिका भ्रष्टाचारको अखडा बनेको हो ।
प्रमुख प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले कागजमै काम भएको अर्थात कामै नभएको विभिन्न योजना र शीर्षकको रकम भुुक्तान गरी नगरपालिकाको रकम व्यापक रूपमा हिनामिना गरेको आरोप लागेको छ ।
पालिकाको रकम हिनामिना गर्ने उद्देश्यले प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादव दुुबै जना कार्यालयमा नबसी कार्यालयभन्दा बाहिर चन्द्रनिगाहपुरस्थित गोप्य ठाउँमा बसेर कामै नभएका वा खरिद नै नभएको विभिन्न सामान खरिद भएको भनी फर्जी बिल भर्पाईको आधारमा विभिन्न सप्लायर्स र ट्रेडर्सलाई ९३ लाखभन्दा बढी रकम अवैध भुुक्तानी गरेको स्रोतले जनाएको छ ।
समग्र कन्ट्रक्सन एन्ड सप्लायर्सलाई यही असार ५ र ९ गते गरी १८ लाख ९७ हजार २३३ रुपैयाँ भुुक्तानी दिइएको छ ।
त्यस्तै होटेल एन प्लाजालाई ५ लाख ३६ हजार ६८३ रुपैयाँ, श्री स्टेसनरी गौरलाई ५ लाख ५१ हजार ७७ रुपैयाँ, शंकर प्रेस गौरलाई ९ लाख ५० हजार ५५० रुपैयाँ भुुक्तानी दिइएको पाइएको छ ।
पालिकामा कुनै सामान खरिद नै नभएको अवस्थामा सामान खरिद भएको भनी नक्कली बिल भर्पाईको आधारमा होटेल, सप्लायर्स र प्रेसवालासँग मोटो रकम कमिसन लिएर प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले भुक्तानी गरी व्यापक आर्थिक अनियमितता गरेको स्रोतको दाबी छ ।
पालिकाले भुुक्तानी दिएका सबै सामानहरूको खोजबिन हुनुुपर्ने र सामान खरिद भएको फेला नपरे कमिसनको भरमा भुक्तानी दिएका भ्रष्ट अधिकृत र लेखापाल यादवलाई कारबाही हुनुुपर्ने माग स्थानीयहरूले गरेका छन् ।
कुनै पनि कार्यालयका कर्मचारीले सम्बन्धित कार्यालयमा नै बसेर चेक काटनुपर्ने नियम छ तर कार्यालयमा बसेर चेक काटदा कमिसन लिन सहज नहुने देखेपछि कार्यालय प्रमुख प्रधान र लेखापाल यादवले कार्यालयमा नबसी चपुरमा बसेर कमिसनको भरमा चेक काटेको स्थानीयहरूको आरोप छ ।
हाकिम प्रधान र लेखापाल यादवले असार पहिलो हप्तादेखि नै कार्यालयमा बस्न छाडेका थिए । कार्यालयभन्दा बाहिर बसेर दुुबै जनाले कामै नभएका योजनाको भुुक्तानी दिएपछि यतिखेर फतुवा विजयपुुर नगरपालिकामा खैलाबैला मच्चेको छ ।
असार पहिलो हप्तादेखि सम्पर्कविहीन भएका प्रधान र यादव अझै कार्यालयमा आउन सकेका छैनन । दुुबै जना चपुरमै बसेर धमाधम कमिसन लिएर यतिखेर चेक बाँडिरहेको स्रोतको भनाइ छ । दुुबै जना अझै कार्यालयमा नबस्दा सेवाग्राहीहरूको विभिन्न कामकाज प्रभावित बन्न पुुगेको छ ।
यसैबीच कार्यालय प्रमुुख प्रधान र लेखापाल यादवले कमिसन दिनेहरूको रकम भुुक्तानी गरिसकेको तर हामीले कमिसन नदिँदा हामीहरूको तलब भुुक्तानीसमेत नगरेको शिक्षक तथा कर्मचारीहरूले आरोप लगाएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन रौतहटका अध्यक्ष एवं फतुवा विजयपुुर नगरपालिकाअन्तर्गत माध्यमिक विद्यालय शीतलपुुरका प्रधानाध्यापक बुुनिलाल प्रसाद यादवले बिहीवार नगरपालिकाको कार्यालय विजयपुरमा पत्रकार सम्मेलन गर्दै हाकिम प्रधान र लेखापाल यादवले शिक्षक र कर्मचारीहरूको तलब वापतको रकम भुुक्तानी नगरेको भन्दै आक्रोश पोखेका थिए ।
फतुवा विजयपुुर नगरभित्र सञ्चालित ३१ वटा सामुुदायिक विद्यालयका २५० भन्दा बढी शिक्षक तथा सयौँ कर्मचारीहरू असार मसान्तमा तलव पाउनबाट वञ्चित भएका छन् ।
पालिकाले आफूहरूले १२ महिनाभन्दा बढी दिनको तलब भुुक्तानी गर्न बाँकी राखेको प्रधानाध्यापक यादवले बताए ।
प्रशासकीय अधिकृत सुुरेन्द्र प्रधान र लेखापाल उमेश यादवले जानी जानी आफूहरूको तलब निकासा नगरेको प्रअ यादवले बताए ।
असार मसान्तभित्रमा भुुक्तानी नपाउँदा नगरका सयौँ शिक्षकहरूले सरकारबाट पाउने सञ्चय कोष वापतको लाखौँ रकम फ्रिज भएकोसमेत उनले बताए । कमिसन नदिएकै कारण हाकिम प्रधान र लेखापाल यादव शिक्षक र कर्मचारीहरूको तलब निकासा नगरेको शिक्षहरूको आरोप छ ।
त्यस्तै फतुवा विजयपुर नगरपालिकामा शिक्षामा चरम बेथिति रहेको पाइएको छ । १ महिनामा ५ जना शिक्षा संयोजक फेरिएका छन् भने बालविकासको कुल २४ वटा कोटा रहेकोमा ३९ जनालाई नियुुक्ती दिएर हाकिम प्रधानले गैरकानुुनी तरिकाले तलब खुुवाइरहेको पाइएको छ ।
हाकिम प्रधानले शिक्षासम्बन्धी ऐन, नियम र कानुन मिचेर शिक्षा क्षेत्रमा जथाभावी शिक्षक नियुुक्त गरी पालिकाको रकम व्यापक दुुरुपयोग गर्दै आएको बताइएको छ । यस सम्बन्धमा बुुझन प्रशासकीय अधिकृत प्रधानलाई फोन सम्पर्क गर्न खोज्दा उनको फोन लाग्न सकेको छैन ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया