काभ्रेमा खोला तर्ने क्रममा दुई जनाको मृत्यु

काभ्रे । खोला तर्ने क्रममा काभ्रेमा दुई जनाको मृत्यु भएको छ ।

शनिबार साँझ ७ बजेको समयमा काभ्रे जिल्लाको रोशी गाउँपालिका– ११ स्थित रहेको भ्याकुरे खोला तर्ने क्रममा सोही स्थान बस्ने वर्ष ६५ की जालमाया रुजाल मगर र निजकै भदैनी बर्ष ५ की सेतिमाया रुजाल मगरलाई खोलाले बगाउँदा ९०० मिटर तल दुवै जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त खबर स्थानीयबाट पाए लगत्तै इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा टोली खटिएर घटनास्थल पुगेको बताइएको छ ।

प्रतिक्रिया