कांग्रेस सभापति थापा र निवर्तमान सभापति देउवाद्वारा वरिष्ठ नेता श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता श्रेष्ठको उपचारका क्रममा आज ७९ वर्षको उमेरमा निधन भएको हो ।

‘नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति उहाँको अविचलित भूमिका सधैँ प्रेरणादायी रहने छ, ‘सभापति थापाले भनेका छन्, ‘स्याङ्जाबाट सुरु भएका उहाँको राजनीतिक यात्रा, पार्टीको कार्यवाहक सभापति, पूर्व उपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पार्टी र देशका लागि पुर्‍याउनुभएको योगदान अविस्मरणीय छ ।’

यसैबीच कांग्रेसका निवर्तमान सभापति एवं पूवं प्रधानमन्त्री शेरबहादुर देउवाले शोक सन्देशमार्फत स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले निभाएको अग्रणी भूमिका सधैँ स्मरणीय रहने पूर्वप्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया