पाँचथर । नेकपा एमाले पाँचथरले याङवरक गाउँपालिका २ र ३ का बाढी पीडितलाई राहात बितरण गरेको छ । यहि असार २ गते वर्षापछि आएको बाढीबाट पीडित बनेकाहरुलाई एमालेले शनिबार एक बोरा चामल र नून, तेल वितरण गरेको हो । जिल्ला उपाध्यक्ष बिरबहादुर कुरुङवाङका अनुसार १ सय १२ जनाले राहत पाएका छन् ।
बाढीले पुष्पलाल मध्य पहाडी लोकमार्ग क्षती पुर्याएको थियो । बाढीले क्षती गरेको भौतिक संरचनाको विकास निमार्णका लागि केन्द्रीय सरकारलाई पहल गरिरहेको एमाले केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङले बताए । बाटो र पक्की पुल बाउन एक अर्ब बढी लाग्न सक्ने एमाले जिल्ला उपाध्यक्ष बिरबहादुर कुरुङवाङको भनाई छ।
एमाले याङवरक गाउँ कमिटीका अध्यक्ष राम योङहाङको पहलमा राहात वितरण गरिएको हो । राहत वितरण समारोहमा पालिका अध्यक्ष शुभास योङया, उपाध्यक्ष बाबा मेन्याङबो, स्थानीय एमाले नेता कार्यकर्ता, जन प्रतिनिधि, जिल्ला अध्यक्ष बिष्णुप्रसाद सापकोटा, उपाध्यक्ष बिरबहादुर कुरुङवाङ, पालिका निवर्तमान अध्यक्ष लेखनाथ घिमिरे, एमाले निवर्तमान सचिवालय सदस्य जय प्रकाश करुङ, बाढी पीडित लगायत उपस्थित रहेको थियो ।
विपद व्यवस्थापनका लागि प्रदेश र केन्द्रीय सरकारलाई तत्काल निर्माण र राहातका लागि पहिलो प्राथमिकता रहने एमाले पाँचथर इञ्चार्ज तथा कोशी प्रदेश सांसद, पूर्व मन्त्री दिलकुमार मेन्याङबोले सौर्य अनलाईनलाई जानकारी दिए ।
प्रतिक्रिया