पाँचथर । फिदिम नगरपालिका– २ पल्लोटारमा बिहीबार फेला परेको बेवारिसे शवको सनाखत भएको छ । प्रहरीको खोज तलासपछि फेला परेको सो शव फिदिम नगरपालिका– ६ सिवाका १७ वर्षीय सन्दीप तुम्रोकको रहेको प्रहरीले जनाएको छ ।
फेला परेको उक्त शवको जिम्मा शुक्रबार मृतककी आमा सुस्मिता तुम्रोकलाई लगाइएको जिल्ला प्रहरीका सूचना अधिकारी विनालाल शाह तेलिले जानकारी दिए ।
प्रतिक्रिया