विभिन्न पार्टी परित्याग गरी प्रभु साहको पार्टीमा प्रवेश गर्नेको लहर


रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) मा विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्ने क्रम बढेको छ । पछिल्लो समय आजपाको लोकप्रियता बढेसँगै विभिन्न पार्टीका नेता कार्यकर्ताहरूकाा लागि यो पार्टी रोजाई बन्न लागेको हो ।

बारा जिल्लाको बारागढी गाउँपालिका– ४ सुखीपथरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा आम जनता पार्टीमा प्रवेश गर्नेको लर्को लागेको छ । सो ठाउँमा आजपाको भव्य पार्टी प्रवेश कार्यक्रम राखिएको थियो ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेकालाई आजपामा स्वागत गरिएको छ । आजपाका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले नवप्रवेशीहरूलाई टिकामाला र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

स्थानीय समाजसेवी सियाराम साहको अगुवाईमा सयौँ व्यक्तिहरू आजपामा प्रवेश गरेका हुन् । आजपाले आम जनताको एजेन्डा बोक्ने पार्टी भएकाले आफूहरु यस अभियानमा जुटेको प्रवेश गर्नेहरुको भनाइ छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया