पथरा माविमा चित्रकला प्रतियोगिता सम्पन्न

रौतहट । राजदेवी नगरपालिका रौतहटको आयोजनामा श्री माध्यमिक विद्यालय पथरामा प्रकोप र विपदसंग सम्बंधित चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । यूनिसेफको आर्थिक सहयोग तथा आसमान नेपालको सहकार्यमा सञ्चालित बृहद विद्यालय सुरक्षा न्यूनतम प्याकेज कार्यक्रम अन्तर्गत राजदेवी नगरपालिकामा चित्रकला प्रतियोगिता आयोजना गरिएको हो ।

माध्यमिक विद्यालय ब्रह्मपुरी, नमूना माध्यमिक विद्यालय मूडबलबा, माध्यमिक विद्यालय हज्मीनिया, माध्यमिक विद्यालय बसतपुर, माध्यमिक विधालय पथरा, आधारभूत विद्यालय लक्ष्मीपुर बेलबीछबाका विद्यार्थी सहभागी भएको चित्रकला प्रतियोगितामा माध्यमिकतर्फ मावि ब्रह्मपुरीका दिलीप राम प्रथम भएका छन् ।

श्री मावि पथराका मोनिका कुमारी दोस्रो तथा नमूना मावि मुड़वालबा तेस्रो स्थान प्राप्त गरेका छन् । आधारभूत विद्यालय तरपÞmमा आधारभूत विद्यालय लक्ष्मीपुर बेलबीछबाका अमित पण्डित प्रथम, मूडवालबा माविका नितेश कुमार दोस्रो तथा मावि बसतपुरका रानी साह तेस्रो भएको श्री माध्यमिक विद्यालय पथराका प्राध्यानध्यापक उतिचन्द्र यादवले जानकारी गराएका छन ।

चित्रकला प्रतियोगितामा सफल भएका विद्यार्थीलाइ राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी प्रसाद यादवले पुरुस्कार वितरण गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख राजकुमारी देवी, वडा अध्यक्ष राम नरेश यादव लगायत शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो ।

विद्यालय स्तरमा हुन सक्ने प्रकोप र बिपद जोखिमबाट कसरी सुरक्षित हुने भन्ने बारे जानकारी गराउने उदेश्यले राजदेवी नगरपालिकाको २० वटा विद्यालयमा बृहद विद्यालय सुरक्षा न्यूनतम प्याकेज कार्यक्रम लागू रहेको कार्यक्रमका पालिका स्तरीय संयोजक राजू पटेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया