हिरासतमा रहेका सिरोहिया अस्पताल भर्ना

जनकपुरधाम । किर्ते नागरिकता प्रकरणमा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अस्पताल भर्ना गरिएको छ । उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि उनलाई सुक्रबार राति प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई जनकपुरधामकै काव्या अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । सिरोहियालाई पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या छ । टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रहरीले अस्पताल भर्ना गरेको हो ।

मंगलबार कान्तिपुर दैनिकको अफिसबाट गिरफ्तार सिरोहियालाई प्रहरीले बुधबार बिहान जनकपुरधाम ल्याएको थियो । धनुषा जिल्ला अदालतको अनुमतिमा तीनदेखि धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहियालाई शुक्रबार पुनः अदालतले तीनदिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थपेको हो ।

प्रतिक्रिया