गीतकार संघ नेपालले विभिन्न श्रष्टालाई पुरस्कृत गर्ने

काठमाडौं । ‘अमर–भावना राष्ट्रिय स्रस्टा सम्मान गीतकार संघ नेपाल–२०८०’ डा. रिजाललाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि एक लाख ५१ हजार रहेको छ ।

‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार गीतकार संघ नेपाल–२०८०’ आमा (मदन माबो), पिता (डा. ओमकृष्ण भट्टराई) र माटोको माया (ज्ञानप्रसाद भट्टराई) लगायत १० वटा उत्कृष्ट गीतलाई प्रदान गर्ने निर्णय गरिएको संघका महासचिव टीका राई (शिव) ले जानकारी दिए ।

यो पुरस्कारको राशि ७५ हजार रहेको छ । २५ हजार दुई सय ५२ राशिको ‘विष्णु मन्सरा सम्मान गीतकार संघ नेपाल–२०८०’ गीतकार अशोक दत्तलाई प्रदान गरिने भएको छ ।

‘डायसपोरा गीतकार सम्मान गीतकार संघ नेपाल–२०८०’ भने गीतकार पदमा लिङ्खा मगरलाई प्रदान गरिने छ । यो पुरस्कारको राशि १५ हजार रहेको छ । गीतकार संघ नेपालको १५औँ स्थापना दिवसका अवसरमा पुरस्कार प्रदान गरिने गरिने जनाइएको छ ।

प्रतिक्रिया