क्रसरको फित्तामा बेरिएको अवस्थामा युवकको शव फेला

जनकपुरधाम । धनुषामा सञ्चालनमा रहेको एक क्रसर उद्योगमा ढुंगा फोड्ने फित्तामा बेरिएर एक युवकको मृत्यु भएको अवस्थामा शव फेला परेको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नंं ६ मा सञ्चालनमा रहेको कमला स्टोन क्रसरमा युवकको शव ढुंगा फोड्ने मेसिनको फित्तामा भेटिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका वडा नंं ६ गोदरका वर्ष २० का अर्जुन यादवको रहेकोे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिएका छन् ।

मजदुरका रुपमा काम गर्ने यादवको राति ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । यसै गरि सोही क्रसरमा काम गर्ने बारा निजगढ बस्ने वर्ष ४५ को खेमकुमार मगर घाइते भएको प्रहरी नायव उपरीक्षक अवाले जानकारी दिए ।

मृतकका मामा खुसीलाल यादवले घटना हत्या हुन सक्ने शंका रहेको दाबी गरेका छन् । घटनापछि क्रसरका सञ्चालक फरार भएको पीडित परिवारले जानकारी दिँदै यसको प्रभावकारी अनुसन्धानका लागि माग गरेका छा् ।

यसै बीच मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाउने काम भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रतिक्रिया