सन नेपाल लाइफले लाभांश दिने

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौँ बार्षिक सााधारण सभा सम्पन्न भएको छ । बुधवार सम्पन्न साधारणा सभाले वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रकम ३ अर्ब २० करोडको २३ दशमलव ८० प्रतिशतले लाभांश दिने प्रस्ताव पारित गरेको छ । उक्त प्रतिशतका आधार हुन आउने छयहत्तर करोड सोह्र लाख रुपैयाँ बराबरको बोनश शेयर र बोनस शेयर तथा नगद लाभाशंमा लाग्ने कर प्रयोजनार्थ १ दशमलव २५२६ प्रतिशतले हुन आउने रकम चार करोड चौरासी हजार दुई सय दश रुपैयाँ नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षज्य प्रस्तुत हुने आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७९८० (एनएफआरएस)को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण पारित गरेको छ ।

प्रतिक्रिया