लक्ष्मी सनराइजको अगुवाइमा लगानी सम्झौता

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तियकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावरबीच लगानी गर्ने सम्झौता भएको छ । सुपर बागमती हाइड्रोपावर कम्पनीले ललितपुर र मकवानपुर जिल्लास्थित बागमती नदीमा निमार्ण गर्ने ४१ दशमलव ३१४ मेगावाट क्षमताको सुपर तल्लो वागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको हो । सो आयोजनाको कूल लागत ९ दशमलव २८ अर्ब रुपैयाँ रहेको छ ।

सो परियोजना निमार्णको लागि लक्ष्मी सनराईज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४ दशमलव ३३ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५ दशमलव ६७ प्रतिशत रकम प्रर्वदक÷संस्थापकहरुको लगानी रहने छ । सो परियोजनामा लक्ष्मी सनरााईज बैंकको कर्जा प्रतिवद्धता ३ दशमलव ४ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा एभरेष्ट बैंकको २ दशमलव ५ अर्ब तथा सिटिजन्स बैंक इन्टरनेशनलको १ अर्ब लगानी रहेको छ ।

प्रतिक्रिया