सूचनामा युवाको पहुँच आवश्यक : मेयर यादव

जनकपुर । पालिकाको हरेक क्षेत्रमा र सुचनामा युवाको पहुँच अतिआवश्यक रहेको नगराइन नगरपालिकाका नगरप्रमुख विनयकुमार यादवले बताएका छन् । श्री राजेश्वर निधी मावि नगराइनमा आयोजित अभिमुखिकरण तथा युवा सञ्जाल गठन कार्यक्रममा प्रमुख अतिथी रहेका नगरप्रमुखले युवाले पालिकाको हरेक सुचनामा युवाको पहुँच हुनु बताएका हुन् ।

कृषि, स्वास्थ्य, शिक्षा मुलमन्त्र रहेको नगराइन नगरपालिकाले, जेजति स्रोतसाधन छ, त्यसमै कार्य गरिरहेको उनको भनाई छ । नेपाल एक भू–परिवेष्ठित राष्ट्र हो, कृषिमा समर्पित हो भनि पढ्दै आएको तर, अहिलेको अवस्थामा कृषिलाई ‘नेगलेक्ट’ गरेको पाइन्छ ।’ नगराइन नगरपालिकाले किसानहरुको लागि कृषि मिटर उपलब्ध गराएको छ भने किसानले खेती गर्न खर्चको गरेको विजुली विल नगरपालिकाबाट उपलब्ध गराउदै आएको बताएका छन् । यहाँका किसान नगरपालिकाको कार्यमा खुसी छन् ।

‘युवाहरु विदेशतिर लम्केका छन् । युवाहरु विदेश मात्र गई राख्ने हो भने देश छोड्नुस, नगरपालिकाको दशा के हुन्छ ?’ उनले प्रश्न गरे । उनले भने, ‘पहिले हामीले धान चामल भारतमा बेचिन्थ्यो तर, अहिले यसको विपरित भएको छ ।’

नगरपालिकालाई सबल बनाउन युवाको भुमिका महत्वपूर्ण हुन्छ । तर युवाहरु सूचनाको पहुँचमा नरहेको र चासो पनि नराखेको उनले बताए । यस्तै, केहीले चासो राखे पनि राजनैतिक हस्तक्षेपले काखापाका गरिएको उनको भनाइ छ । उनले भने, ‘युवाहरुले आफ्नो अधिकारको विषयमा राम्ररी बुझि रहेको छैन, किशोर किशोरीले गलत बाटोमा लाग्नु, युवाहरु लागु औषधमा लाग्नु चेतनाको अभाव र शिक्षाको अभाव रहेको देखिन्छ । जसले समाजलाई नाकारात्मकप्रभाव पार्छ ।’

‘युवाले विभिन्न सिप सिक्न जरुरी छ, सब भन्दा पहिले कृषि, स्वास्थ्य र शिक्षा महत्वपूर्ण हो । अहिले नगराइन नगरपालिकाले यी नै कुरामा केन्द्रित भई कार्य गरि राखेको छ,’ उनले भने । युवा सञ्जाल गठन भएपछी युवा विदेश पलायन हुनबाट न्युनिकरण गर्न सकिन्छ, सरकारलाई खबरदारी गर्न सकिन्छ, सेफ नेपालद्वारा आयोजित अभिमुखिकरण तथा युवा सञ्जाल गठन कार्यक्रममा उनले यस्तो भनाई राखेको थिए ।

द एसिया फाउण्डेसन मुख्यकार्यान्वयन संस्था, युएसएआईडीको सहयोग तथा नागरिक समाज मिडिया कार्यक्रम अन्तर्गत सेफ नेपाल संस्थाले आयोजना गरेको अभिमुखिकरण तथा युवा सञ्जाल गठन कार्यक्रम नगरपालिकाको नगरप्रमुख विनयकुमार यादवको प्रमुखआतिथ्यमा १७ जना कार्यसमिति सहित नगर स्तरिय युवा सञ्जाल गठन गरिएको छ ।

नगरपालिका भित्र रहेका ९ वटै वडाबाट सहभागिता गराउने मुख्य उदेश्य रहेको सञ्जाल गठन कार्यक्रमबाट युवा सञ्जाल गठन गरिएको संस्थाका परियोेजनाका संयोजक विनोद महराले जानकारी दिए ।
युवा सञ्जालमा अध्यक्ष अमृत कुमार राउत, उपाध्यक्ष सोनु कुमारी मण्डल, सचिव मुरारी राम, सहसचिव शुभम कर्ण, कोषाध्यक्ष सकिला खातुन र सदस्यहरु करण झा, कृष्णा कुमार राम, मनान राईन,, अनिश कुमार कर्ण, संजित कर्ण, अजितकुमार मण्डल, मर्नाी मण्डल, प्रिती मण्डल, रिना देवी, रोशन मण्डल, निभा मण्डल र कृष्णा साह रहेका छन् ।

प्रतिक्रिया