सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना हुने

काठमाडौँ । सरकारले सात प्रदेशमा जेठ १७ गतेदेखि ३० गतेसम्म श्रमाधान रोजगार मेला आयोजना गर्ने भएको छ । मंगलवार सिंहदरबारस्थित श्रम मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने जानकारी दिएको हो ।

सरकारले सात प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागेको बताएको छ ।

सरकारले जेठ १७ र १८ कोशी प्रदेश,१९–२० मधेस प्रदेश,२१–२२ गण्डकी प्रदेशको पोखरा,२३–२४ लुम्बीनी,२५–२६ कर्णाली प्रदेशको सुर्खेत,२७–२८ सुदुरपश्चिम प्रदेशको धनगडी र २९–३० बागमती प्रदेशको ललितपुरमा श्रमाधान मेला आयोजना गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी दिन सकिने बताए ।

उनले मंगलवारदेखि नै दर्ता खुला भएकाले रोजगारदाता कम्पनीहरु र रोजगारीको खाजीमा रहेका नेपालीहरुले जाडिन सकिने बताए ।

उनले सरकारको रोजगार बैंकमा रोजगारदाताले खोजेको श्रमिक र रोजगार पाउने अवस्था रहेको बताए। मन्त्री अर्यालले ‘श्रमाधान रोजगार मेला’ गर्ने कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा समेत समावेश भएको बताए ।

‘श्रमाधान रोजगार मेला’मा सातै प्रदेशका प्रदेश सरकार र स्थानीय सरकारको सहयोगको अपेक्षा रहेको उनको भनाई छ । उनले ‘श्रमाधान रोजगार मेला’सरकारको सानो प्रयास मात्रै भएको बताए ।

प्रतिक्रिया