चिट चोरी घटनाको छानबिन होस्

जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा चिट चोरी भएको घटनाको सत्यतथ्य छानबीन गर्न विद्यार्थी संघ संगठनले माग गरेका छन् । लोकतान्त्रिक विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा एक पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन । उनीहरुले गएको वैशाख २८ गतेका दिन बीबीएस दोश्रो वर्षको परीक्षाका दिन विद्यार्थी परीक्षा हल बाहिर रहेको अवस्थमा स्ववियू सदस्य दिपेन्द्र कुमार राउतले परीक्षा निरिक्षक जगरनाथ सिंहको सहयोगमा कपी सेट गरेको घटनाको सत्यतथ्य छानबीन गर्न माग गरेका हुन् ।

उनीहरुले क्याम्पसको साख बचाउन यस्ता क्रियाक्लाप रोक्न स्ववियू कार्यालयमा तालाबन्दी गर्दा बाहिरको लठैत विद्यार्थी नै नभएका व्यक्ति लगाएर ताल्चा फुटाउँदा आफूहरुले प्रतिकार गर्दा विवाद उत्पन्न भएको र प्रहरीले दुवै पक्षलाई वार्ताको माध्यमबाट विवाद समाधान गर्न भनी छोड्यो । तर क्याम्पस प्रमुखले चासो नलिइएको आरोप लगाए ।

प्रतिक्रिया