रौतहटमा स्रोत नखुलेको रकमसहित युवक पक्राउ

रौतहट । रौतहटको ईशनाथ नगरपालिका– ४ लतमरीस्थित सडक खण्डबाट प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बी आर ०५ ए एन ८११७ नम्बरको मोटरसाइकल रोकेर चेकजाचँ गर्ने क्रममा स्थानीय वडा नम्बर ५ निवासी ३१ वर्षीय सन्तोषकुमार साहलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहको साथबाट नेपाली रुपैयाँ २ लाख ९ सय ६० र भारतीय रुपैयाँ ७६५ फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

पक्राउ परेका साहको साथबाट फेला परेको सो रकमको स्रोत खुलाउन नसक्दा उनलाई मोटरसाइकलसहित जिल्ला भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया