पर्सा । पर्साको धोबिनी गाउँपालिका– ३ हरिहरपुर गाउँ निवासी बिरेन्द्र ठाकुर हजामको ना ३९ प २३२४ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको छ । आफ्नै घरको अगाडि राखिएको अवस्थामा गए राति मोटरसाइकल चोरी भएको हजामले बताए ।
उक्त घटनाको विषयमा उनले ईलाका प्रहरी कार्यालय लंगडीमा निवेदन दिएका छन । केही दिन यतादेखि पर्सा प्रहरीले ठूलो संख्यामा चोरहरु पक्राउ गरी सार्वजनिक गर्दै आएको छ भने अर्कोतर्फ चोरीको घटनामा पनि वृद्धि हुँदै गएको पाइएको छ ।
हाल चोरी भएको उक्त मोटरसाइकल खोजतलास भइरहेको ईलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरिक्षक तोजेन्द्र बिसीले जानकारी दिए ।
पर्सा
प्रतिक्रिया