सिरहा । सिराहामा बम पड्काएर ६ घरमा लुटपाट भएको छ । जिल्लाको लहान नगरपालिका–१७ हरिपुर टोलमा गएराति रातिदेखि डाकाहरुले बम पड्काएर लुटपाट गरेको प्रहरीले जनाएको छ । उक्त बम पड्किँदा स्थानीयहरु घाइते समेत भएको प्रहरीले जनाएको छ ।
स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरन्जन यादवको घर लुटिएको छ । डाकाहरुले नगद र गरहनाहरु लुटेका छन् ।
डाकालाई प्रतिकार गर्न खोज्दा घाइते भएका रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका योगेन्द्र यादव र निरन्जन यादवलाई उपचारका लागि विराटनगर पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया