रामेछाप जाँदै गरेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल बिरामी

काठमाडौं । खानेपानी आयोजना उद्घाटन कार्यक्रममा रामेछाप जाँदै गरेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । उक्त कार्यक्रममा जाँदै गरेका मुख्यमन्त्री जम्कट्टेल अक्सिजन लेभल कम भएर बिरामी परेको बताइएको छ ।

अहिले सिन्धुली अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भएको मुख्यमन्त्रीका स्वकीय सचिव उपेन्द्र जम्कट्टेलले जानकारी दिए ।

रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा बिरामी भएपछि उनलाई बीच बाटोबाटै काठमाडौं ल्याउन लागिएको स्वकीय सचिव जम्कट्टेलले बताए ।

प्रतिक्रिया