युएनडीपीद्वारा जाजरकोट जिल्ला प्रशासनको प्रीफ्याब भवन निर्माण

जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटको नयाँ प्रीफ्याब भवन निर्माण भएको छ । भुकम्प पछि त्रीपालमुनिबाट सेवा दिँदै आएको कार्यालयलाई भवन बनेसँगै थप सहज भएको छ । युएनडीपीले बनाईदिएको उक्त भवनबाट प्रशासनले सोमबारदेखि सेवा दिन सुरु गरेको हो । भुकम्प गएको लामो समयदेखि सेवाग्राहीलाई टेन्ट र त्रीपालबाट सेवाप्रदान गर्दै आएको प्रशासन कार्यालयलाई अब राहत मिलेको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ( युएनडीपी) को सहयोगमा बनेको सो भवनमा आठ ओटा कोठा रहेका छन्। नयाँ भवन बनेपछी कार्यालय सञ्चालनमा सहज भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ऋिषिराज आचार्यले बताए । भुकम्पले कार्यालयमा क्षति पुर्याएपछि टेण्ट र त्रीपालबाट सेवा दिन अप्ठ्यारो भएको थियो । अब युएनडीपीले भवन बनाईदिएपछी कार्यालय सञ्चालनमा सजिलो भएको प्रजिअ आचार्यले बताए ।

भुकम्प गएको करिब ६ महिनापछी जाजरकोट प्रशासनले भवनभित्रबाट सेवा प्रदान गरेको हो । ६९ लाख ५१ हजार ६ सय ५५ रुपैयाँ लागतमा निर्मित उक्त भवन युएनडीपीका उप-आवसीय प्रतिनिधी विजय सिंहले प्रमुख जिल्ला अधिकारी आचार्यलाई हस्तान्तरण गरेका हुन्। भुकम्प प्रतिरोधी, आगलागी मुक्त र वाटर प्रुफ सिमेन्ट बाट निर्मित सुविधायुक्त भवन कम्तिमा पनि २०-२५ वर्ष सम्म टिकाउ हुने युएनडीपीले जनाएको छ ।

विपतको समयमा सानो भएपनी सहयोग भएको छ । भुकम्पिय दृष्टिले सुरक्षित र छोटो समयमै निर्माण भएको भवन अन्य भवनको तुलनामा सुरक्षित, टिकाउ र कम लागतमा छोटो समयमा निर्माण गर्न सकिने युएनडीपीका प्राविधिक सहायक बिरेन्द्र बटालाले जानकारी दिए । युएनडीपीको सहयोगमा रुकुम पश्चिम स्थित ईलाका प्रहरी कार्यालय, १४ नम्वर वडा कार्यालयको भवन र जाजरकोटको नलगाड ईलाका प्रहरी कार्यालय र बारेकोट गाउँपालिकामा पनि प्रीफ्याब भवन निर्माणको अन्तिम चरणमा रहेका छन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया