नक्कली नोटसहित वीरगञ्जबाट दुई जना पक्राउ

{“remix_data”:[],”source_tags”:[],”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{},”is_sticker”:false,”edited_since_last_sticker_save”:false,”containsFTESticker”:false}

वीरगञ्ज । नक्कली नोटसहित वीरगञ्जबाट दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्जको घण्टा घर क्षेत्रबाट उनीहरुलाई पक्राउ गरको हो । संकास्पदरूपमा दुई जना अपरिचित व्यक्ति पैदल हिंडिरहेका अवस्थामा रोकी कानूनी रीतपु¥याई खानतलासी गर्दा भारत विहार पश्चिमी चम्पारण वेतिया भावल पञ्चायत बस्ने वर्ष ३० को क्यामुदिन मियाँको साथबाट नेपाली नक्कली १००० दरका नोट थान–१ र जि.बारा प्रसौनी गाउँपालिका वडा नं.२ बस्ने वर्ष ४० की हलिमा खातुनको साथबाट नक्कली नेपाली १००० दरका नोट १२२ थान गरी जम्मा १,२३,०००।– (एक लाख तेइस हजार) रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद भएको नक्कली नोटसहित दुबै जानालाइ नियन्त्रणमा लिइ मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमारबिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया