बझाङमा १ बजेबाट मतगणना हुने

बझाङ । बझाङ निर्वाचन क्षेत्र नं. १ ‘क’ मा १ बजेवाट मतगणना हुने भएकाे छ । मत गणनाकाे लागि बसेकाे सर्वदलीय बैठकले १ बजेवाट मतगणना सुरू गर्ने सहमति गरेकाे हाे ।

शनिबार साँझदेखि नै मतगणना स्थलमा मतपेटिका ढुवानी गर्न गरिएपनि आज बिहान साइपाल गाउँपालिकाबाट मतपेटिका सदरमुकाम ल्याइएपछि मतगणना गर्न सर्वदलीय बैठकले निर्णय गरेको छ ।

मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु हुने समेत बताइएको छ ।

कुल ६१ हजार ७४८ मतदाता रहेको क्षेत्र नम्बर १ का ७४ मतदानस्थल र ९३ मतदान केन्द्रमा शनिबार शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो ।

उपनिर्वाचनमा ३० हजार ३ सय २८ जना सहभागी भएकोमा ४९.१२ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया