सिटिजन्सद्वारा वृद्धाश्रमलाई सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुर्खेतमा अवस्थित प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग गरेको छ । ज्येष्ठ नागरिकहरूको हकहित र अधिकारका लागि र उनीहरूलाई समाजमा सम्मानजनक जीवन निर्वाहका लागि स्थापना भएको सो संस्थालाई सिटिजन्सले दैनिक उपभोग्य खाद्यान्न सामग्री सहयोग गरेको हो ।

विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम सञ्चालन भइरहेको छ । आश्रममा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप सामग्रीहरू हस्तान्तरण गरे । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले वृद्धवृद्धाको सेवामा समर्पित आश्रम सञ्चालन गरेर समाजमा अनुकरणीय काम गर्दै आएको संस्थालाई सानै भए पनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको बताए ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया