सई बिसीले बोकेको पेस्तोल बेपत्ता

बारा । इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल गायब भएको छ । वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल सोमबार रातिदेखि गायब भएको प्रहरी स्रोतले जनाएको छ ।

सई बिसी सोमबार राति गस्ती गएका उनले बोकेको गोली लोड गरिएको अवस्थाको पेस्तोल हराएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसारे १० वटा गोली लोड रहेको पेस्तोल सई बिसीको साथबाट हराएको हो । सो घटना घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया