कांग्रेसको अगुवा कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

वीरगञ्ज । नेपाली कांग्रेस पर्साले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिराभवानी गाउपालिकाको –३ को जितपुर बरात भवनमा भएको प्रशिक्षण कार्यक्रमको उदघाट्न गर्दै विभिन्न प्रजातिका बोटबिरुवाको रोपन गरीएको थियो ।

नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले पार्टी भित्रको संगठन सुदृणिकरणका निम्ति यस्तो प्रशिक्षण कार्यक्रमले कार्यकर्तामा थप हौसला प्रदान गर्ने बताए । उनले मुलुकमा कम्युनिस्ट सरकारको दम्भले आम सर्वसाधारणमा नै धैरश्यता छाएको आरोप लगाए ।

पार्टी भित्रको संगठनलाई मजबुत बनाउनका लागि गाउँ–गाउँमा प्रशिक्षणका कार्यक्रमहरु आयोजना गर्ने उनले बताए । कार्यक्रममा अध्यक्षता गरेका नेपाली कांग्रेस पर्साका उपसभापति तथा प्रशिक्षक शाखाका जिल्ला प्रमुख रामनारायण कुर्मीले नेपाली कांग्रेस पर्साका सम्पुर्ण कार्यकर्ता एक भएर अगाडी बढे मात्र जनइच्छा पूरा गर्न सकिन्छ भन्दै प्रशिक्षणमा सिकेको कुरा जनतामा गई बुझाई दिन आग्रह गरेका थिए ।

त्यस्तै पर्सा क्षेत्र नं ४ क का प्रदेश सांसद शंकर चौधरीले नेपाली कांग्रेसलाई मजबुत बनाउन कार्यकर्ताहरु इमानदारीपुर्वक पार्टीको जिम्मेवारीमा लाग्नु पर्ने बताए । उनले मुलुकमा कम्युनिस्ट सरकारको दम्भले आम सर्वसाधारणमा धैरश्यता छाएको आरोप लगाए ।

मंगलबार भएको प्रशिक्षण कार्यक्रममा फुलमहम्मद मिया, जितेन्द्र पुरुष ढकाल, अमृत लाल जोशी, धिरज गुप्ता, सरोज चौरसिया, लगायतले बोलेका थिए । उक्त कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी, पर्सा जिल्ला सचीव दिनेश चौधरी, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेम बहादुर थापा, प्रवक्ता रमेश पाण्डे लगायतको स्थानीय अगुवा तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया