जनकपुरधामको होटेलमा महिला र पुरुष मृत फेला

जनकपुरधाम । जनकपुरधामको एक होटेलमा पासो लगाएर झुण्डिएको अवस्थामा पुरुष र महिला मृत फेला परेका छन् । रामानन्दचोकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसमा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी नगरपालिका–४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर मृत भेटिएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार मंगलबार बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुबैजना पासोमा झुण्डिएर मृत अवस्थामा भेटिएको हो । कोठा भित्र महिलाकी अढाई वर्षीया छोरी रोइ रहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा दुबैजना झुण्डिएको अवस्थमा रहेको होटेल सञ्चालकले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलि घटनास्थल पुगेर ढोका फोरेर बालिकाको उद्दार गरेको थियो । दुवैजना चार दिनदेखि होटेलमा बसेका थिए । पुरूषको चार र महिलाको १ सन्तान रहेको खुलेको छ । दुवै बीच अनैतिक सम्बन्धको कारणले यस्तो घटना घटेको हुन सक्ने प्रहरीले आशंका गरेकोे छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया