समस्याको समस्या लिएर प्रधानमन्त्रीलाई भेट्न पुगे झलनाथ खनाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा इलामको चिया समस्याका बारेमा छलफल भएको छ । डेढ वर्ष अघि पनि भारतले नेपालको चिया आयातमा रोक लगाएको थियो । तर पूर्व प्रधानमन्त्री र तत्कालीन प्रधानमन्त्रीबीच कुराकानी भएर चिया नियमित किनबेच भइरहेको थियो ।

अहिले फेरि भारतीय पक्षले नेपालको चिया लान छोडेपछि इलामका उद्योगपतिहरू र किसानहरु मार्कामा परेका थिए । त्यही क्रममा इलामका चिया व्यवसायीले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेटी समस्याको बारेमा जानकारी गराएपछि आज पूर्व प्रधानमन्त्री झलनाथ खनाल चिया व्यवसायी र प्रधानमन्त्री बीच चियाको समस्याको समाधान गर्नका लागि भारतीय सम्बन्धित पक्षलाई समस्याको समाधानका लागि छलफल गर्ने सहमति भएको छ ।

प्रतिक्रिया