सीईडीबी हाइड्रोपावरकाे बोनस सेयर घोषणा

काठमाडौं । सीईडीबी हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि बोनस सेयर प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । साथै बोनस सेयरका लागि कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।

सो प्रस्ताव पारित गर्नका लागि वैशाख ३१ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकहरुको निर्वाचन पनि गर्न भएको छ । साधारणसभाका लागि वैशाख १९ गते सेयरधनी दर्ता पुस्तिका बन्द रहने कम्पनीद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ । वैशाख १८ गतेसम्म कायम सेयरधनीले बोनस सेयर र साधारणसभामा भाग लिन पाउने छन् ।

प्रतिक्रिया