हिमालयन बैंकको सिइओमा अशोक राणा

काठमाडौं । हिमालयन बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अशोकशमशेर राणाले निरन्तरता पाएका छन् । गएको चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकबाट राणालाई नै सिइओको जिम्मेवारी दिने निर्णय गरिएको हो । उनको दोस्रो कार्यकाल वैशाख ९ गतेदेखि सुरु भएको बैंकले जानकारी गराएको छ । राणा यसअघि हिमालयन बैंकमा नै सिइओ थिए ।

प्रतिक्रिया