‘पुष्पा २’ को कमाइ

नयाँ दिल्ली । अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा–२’ ले रिलिजअघि नै १ हजार करोड कमाउने भएको छ । फिल्मको डिजिटल अधिकार ‘पठान’को बजेटभन्दा बढीमा बिक्री भएको छ । कोइमोइ डटकमको रिपोर्टअनुसार ‘पुष्पा–२’ को हिन्दी डब गरिएको थिएटर राइट्स २ सय करोड, साउथ इन्डियन थिएटर राइट्स २७० करोड र ओभरसिज राइट्स १ सय करोडमा बिक्री भएको छ । त्यसपछि यसको डिजिटल अधिकार २७५ करोड रुपैयाँमा बेचिनेछ । यस्तै, स्याटलाइट, अडियो र संगीत अधिकारहरू ४५० करोड रुपैयाँमा बेचिनेछ । यी सबैलाई एकसाथ लिँदा ‘पुष्पा–२’ को रिलिज अघिको व्यापार १ हजार करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया