गजल गीत ‘के अर्थ भो’ सार्वजनिक

काठमाडौं । नयाँ गजल गीत ‘के अर्थ भो’ सार्वजनिक भएएको छ । गत शुक्रबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गर्दै गीतको विमोचन गरिएको हो । गीतमा थानेश्वर गौतम र रन्जिता विश्वकर्माको स्वर रहेको छ भने प्रभा वर्तौलाको शब्द र संगीत गायक गौतम स्वयंले भरेका छन् ।

गीतको भिडिओमा अभिनेता पुष्प खड्का र अभिनेत्री स्मारिका र सामरिका ढकालको अभिनय रहेको छ । भिडिओलाई मौसम हिमालले कोरियोग्राफी र निर्देशन गरेका छन् । भिडिओ पृश्वी इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लोक सञ्चारकर्मी नेपालका केन्द्रीय अध्यक्ष चन्द्रमणी गौतमले नेपाली गीतसंगीतको क्षेत्रमा गजल गीतको छुट्टै स्थान रहेको र विशेषगरी थानेश्वर गौतमका गीतले दर्शक तथा स्रोताको मन छुने गरेको र यस गीतले पनि सबैको मन जित्नसक्ने बताए । उनले पृश्वी इन्टरटेनमेन्टका हरेक गीतहरू उत्कृष्ट रहँदै आएको र यस गीतलाई पनि दर्शकले मन पराउनेमा विश्वास राखे ।

कार्यक्रमका सभापति तथा पृश्वी इन्टरटेनमेन्टका अध्यक्ष पृश्वी थकालीले गायक गौतम र गायिका विश्वकर्माको आवाजले गीतलाई थप मिठास बनाएको बताए । उनले नवगायिका विश्वकर्माको उज्ज्वल भविष्यको कामनासमेत गरे । गीतका गायक थानेश्वरले आफ्ना यसअघिका गीतहरूमा जस्तै मिहिनेत गरेर बनाएको र दर्शक स्रोताबाट माया पाउनेमा आशा राखे । गायिका रन्जिताले अग्रज श्रष्टाहरूसँग काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताइन् ।

प्रतिक्रिया