शिव मन्दिरको महापुराण कथा–ज्ञान महायज्ञको कलश यात्रा

पर्सा । पर्साको पोखरिया नगरपालिकामा रहेको शिव मन्दिरको श्री शिव परिवारको प्राणप्रतिष्ठा श्री शिव महापुराण कथा ज्ञान महायज्ञको अवसरमा कलश यात्रा निकालिएको छ । सोमबार भएको कलश यात्रामा शिव मन्दिर प्रांगणबाट ७५१ जना कन्याहरुको सहभागिता रहेको थियो ।

शिव मन्दिर प्रांगणबाट बाजागाजासहित निस्केको सो कलश यात्रा पोखरिया बजार, सेमरबारी चोक हुँदै भदराहा मन्दिर नजिक रहेको उतरबाहनी नदीमा जल भरेर पुनः पोखरिया शिव मन्दि स्थलमा पुगेर कन्याहरुले कलश विश्राम गरेका थिए ।

पोखरियामा रहेको ऐतिहासिक शंकर भगवानको शिव मन्दिर रहेकाले नवनिर्मित शिव मन्दिरको प्राणप्रतिष्ठाको लागि कलश यात्रा निकालिएको थियो । शिव मन्दिरको संरचना पुरानै रहेकाले नगरपालिकाको सहयोगमा मन्दिरको निर्माण गरी सो नवनिर्मित शिव मन्दिरमा प्राणप्रतिष्ठा गर्ने गरिएको पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानले बताए ।

त्यसैगरी कलश यात्रामा महिला, पुरुष, बालबालिकाहरु गरी ४ हजारभन्दा बढी भक्तजनहरुको सहभागिता रहेको थियो ।भारत मोतिहारीका अचार्य रामप्रकाश गर्ग महाराजले पूजापाठ र प्रवचन गराउने छन् । भारतको अरेराजका अचार्य सुशील कुमार मिश्रा र अचार्य विशाल तिवारीले यही वैशाख ११ गते महापुराण तथा कथा सुरु गर्ने १२ र १३ गते प्रवचन, पूजापाठ गरिने एवं शिवमन्दिरको प्राणप्रतिष्ठा १४ गते हुने र भगवान् शंकरको मूर्ति स्थापना हुने आयोजक कमिटीले जनाएको छ ।

कलश यात्रा परिक्रमाको क्रममा ठाउँ–ठाउँ मा फ्रुटी, पानी, फलफूल वितरण कार्यक्रम डाक्टर वकिल मियाँ, दिपनारायण रौनीयार, नौसाद आलम, सन्तोष महतो र नगरपालिकाको सहयोगमा गरिएको थियो । पोखरिया मन्दिरबाट निस्केको कलश जल यात्रामा पूर्वमेयर दिपनारायण रौनियारले भने, ‘यो शिव मन्दिर निर्माण कार्यको लागि ०७५–७६ सालमा ठेक्का लगाएको थियो, रु २ करोड ५० लाखमा ठेका निस्के थियो भने १ करोड ९८ लाखमा अर्चना कन्ट्रक्सनले निर्माण गर्न जिम्मा लिएको थियो ।’

उक्त शिव मन्दिरको शिलान्यास पूर्वमेयर दिपनारायण रौनियारले नै गरेका थिए । पाँच वर्षपछि निर्माण कार्य सम्पन्न भएर शिव मन्दिर प्राणप्रतिष्ठा भइरहेको हो । सो कलश यात्रामा संविधानसभा सदस्य रामेश्वर रौनियार, उपमेयर रुबि ठाकुर, प्रमुख प्रसाशकिय अधिकृत अजय श्रीवास्तव, वडाध्यक्ष लक्ष्मण साह, रामप्रवेश चौहान, महेन्द्र महतो, प्रमोद गिरी, नौसाद आलम, प्रमानन्द कुर्मी, सोनालाल साह गोढ, सियान्नद चौहान, किशोरी साह, केदार महतो, नेता नजामुदिन समानी, राजु साह, सशस्त्र प्रहरी बल पोखरियाका डीएसपी बिक्रममणि अधिकारी, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मोहन बिक्रम केसी सहभागी थिए ।

प्रतिक्रिया