अर्थ सचिवमा मधुकुमार मरासिनी

काठमाडौं । सरकारले सचिव मधुकुमार मरासिनीलाई अर्थमन्त्रालयमा पठाएकोे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई अर्थमन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारले पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतबाट सफाइ पाएलगत्तै मरासिनीलाई अर्थसचिवको जिम्मेवारीमा पठाएको हो । तत्कालीन वाणिज्य सचिव रहेका बेला मरासिनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

त्यसपछि उनी निलम्बनमा परेका थिए । शुक्रबार विशेष अदालतले उनलाई सफाइ दिएको थियो । अर्थ मन्त्रालयको लामो अनुभव सँगालेको मरासिनी यसअघि पनि अर्थ मन्त्रालयको सचिव भइसकेका छन् ।

प्रतिक्रिया