धनुषामा एक जोडीले गरे बिना दाइजो आदर्श विवाह

जनकपुरधाम । मधेसमा दाइजो प्रथा बढ्दै जाँदा धनुषामा एक जोडीले आदर्श विवाह गरेका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ३ मंगलपुर का ३१ वर्षीय सुरेन्द्र कुमार झा र रौतहटको गढिमाई नगरपालिका– ४ पर्साकी २१ वर्षीया अनुपम ठाकुरबीच आदर्श विवाह सम्पन्न भएको हो ।

तराई मधेसमा दाइजोका बिगबिगी चलिहरेको बेला यी दुई परिवारबीचको सहमतिमा सुरेन्द्र कुमार झा र अनुपम ठाकुरबीच बिना दाइजोको आदर्श विवाह गरिएको छ ।

मधेसलगायत अन्य प्रदेशमा दाइजोकै निहुँमा दिनहुँ हत्या, हिंसाजस्ता अपराधिक क्रियाकलापहरु बढिरहेको बेला यी दुई परिवारबीच आदर्श विवाह भएको हो ।

समाजको ती दाइजो प्रथालाई बहिस्कार गर्दै झाले बिना दाइजोको आदर्श विवाह सम्पन्न गरेको बताए । बेहुली पक्ष आर्थिक रुपले सम्पन्न भए पनि बेहुला पक्षले बिना दाइजोको आदर्श विवाह गर्ने साहस देखाएपछि आदर्श विवाह सम्पन्न भएको बताइएको छ ।

उनीहरुको आदर्श विवाहलाई शिक्षित समाजले साकरात्मक रुपमा लिएका छन् । उनीहरुको विवाह यही वैशाख ७ गते रौतहटको गढिमाई नगरपालिका– ४ पर्सा (बेहुलीको घर) मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया