वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा एक खर्बभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा कार्यालयले एक खर्ब १४ अर्ब १६ करोड राजस्व संकलन गर्न सफल भएको हो ।

चालु आवको नौ महिनाका लागि भन्सार विभागले एक खर्ब ८१ अर्ब ९९ करोडको लक्ष्य निर्धारण गरेको थियोे । कार्यालयले लक्ष्यभन्दा ६७ अर्ब ८२ करोड कम राजस्व संकलन गरेको छ । विश्व आर्थिक मन्दीको प्रभावले राजस्वको लक्ष्य हाँसिल गर्न नसकिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।

उनले सवारी साधन तथा इन्धनको आयातमा आएको कमीले राजस्व संकलनलाई प्रभावित गरेकोे बताए । गत आवको तुलनामा चालु आवभित्र कारोबारमा केही सुधार देखिए पनि कोरोनाकाल अगाडिको अवस्थामा फर्किन नसकेको अधिकृत सुवेदीले जानकारी दिए । उनले गत आवको ९ महिनाका लागि विभागले दिएको लक्ष्याको तुलनामा ६० प्रतिशत मात्र राजस्व संकलन भएको बताए ।– रासस

प्रतिक्रिया