दुबईको बाढीमा १ नेपालीको मृत्यु

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई/दुबई) मा आएको बाढीमा परी एकजना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार बाढीमा परी भरतपुरका मोहन पुनको मृत्यु भएको हो ।

युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेस्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासले जनाएको छ ।

युएईमा २ दिनदेखिको भीषण वर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण युएइका सरकारी कार्यालय बन्द रहेको दूतावासले जानकारी दिएको छ । सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासले जनाएको छ । पुन भिजिट भिसामा युएई पुगेका हुन् ।

प्रतिक्रिया