काभ्रेमा किम्बु खाँदा बालकको मृत्यु

काभ्रे । किम्बु खाँदा एक बालकको मृत्यु भएको छ । गत मंगलबार काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका– ४ काफ्लेथोक बस्ने गणेश प्रसाद मैनालीका छोरा १२ वर्षीय प्रशान्त मैनालीले स्कुलबाट घर फर्कने क्रममा किम्बु खाँदै गएकोमा घर पुगेर अत्याधिक वान्ता भएपछि उपचारको लागि मेथिनकोट अस्पताल भकुण्डे ल्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको आज बिहान मृत्य भएको अस्पतालबाट प्रहरीलाई खबर पुगेको थियो । प्रहरीले मुचुल्का बनाएर शवलाई पोष्टमार्टमको लागि पठाएको र शव आफन्तले बुझेको प्रहरीले जनाएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया