पनौतीमा जिवीत देवी कुमारीको प्रतिस्ठापन

काभ्रे । काभ्रे जिल्लाको पनौती नगरपालिकामा जिवीत देवी कुमारीको प्रतिस्ठापन गरिएको छ । बुधबार रामनवमीको विशेष अवसर पारी ८ वर्षीया ओजस्वी घुल्लुलाई बिदाई गर्दै नयाँ कुमारीको रुपमा ५ वर्षीया रियास्ना घुल्लुलाई प्रतिस्ठापन गरिएको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताए ।

पनौती पर्व मूल व्यवस्थापन जात्रा पर्व मूल व्यवस्थापन समितिले एक विशेष पूजा कार्यक्रम गरी कुमारीको प्रतिस्थापन गरिएको समितिका अध्यक्ष कृष्णधन कर्माचार्यले बताए ।

कर्माचार्यका अनुसार पनौतीको गौरव पुण्यभूमिमा प्रचलित परम्परा अनुसार रामनवमीका दिन पनौती लायकु डबलीमा हाल कायम रहेको शक्तिका प्रतीक जिवीत देवी कुमारी ‘ओजस्वी घुल्लु’ को सम्मानजनक बिदाई तथा नवकुमारी रियास्ना घुल्लुलाई प्रतिस्थापन गर्ने कार्यक्रम रहेकाले उक्त कार्यक्रममा नगर परिक्रमासहित नवकुमारीको पूजा गरिने गरेको स्थानीयहरुको भनाई छ ।

उनीहरुका अनुसार अब आएकी कुमारीको बेलविवाह नभएसम्म यस ठाउँमा उनी नै जिवीत देवीको रूपमा पुजिने छिन् ।

प्रतिक्रिया