सिरहामा ब्राउन सुगरसहित एक जना पक्राउ

सिरहा । सिरहामा लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी खडक नगरपालिका– ८ बस्ने ३९ वर्षीय पशुपती सरदार रहेका छ्न् ।

सखुवानन्कारकट्टी गाउँपालिका– ५ महेशबारी चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब ५४० मिलिग्रामसहित सरदार पक्राउ परेको प्रहरीले जनाएको छ ।

आइतबार इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले बा ८९ प ६०२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सरदारलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया