सलमान खानको घर नजिक फायरिङ

नयाँ दिल्ली । आइतबार बिहान बलिउड अभिनेता सलमान खानको घर बाहिर फायरिङ भएको थियो । बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्ड फायर गरेका थिए । घरको सुरक्षा बढाइएको र मुम्बई प्रहरीको अपराध शाखा अनुसन्धानका लागि आइपुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोलीबारी हुँदा सलमान आफ्नै घरमा थिए । खानलाई लरेन्स बिश्नोई–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो । फोरेन्सिक टोलीले बालकनीमा गोलीको निशान फेला पारेको छ । हालसम्म सलमानको घरमा दुईवटा गोलीको निशान भेटिएको छ । एउटा बाहिरी पर्खालमा र अर्को बालकनीको पर्खालमा । यस मामिलामा मुम्बई प्रहरीले ग्यालेक्सी अपार्टमेन्टका ४ जना चौकीदारको बयान रेकर्ड गरेको छ, जो घटनाको समयमा त्यहाँ उपस्थित थिए ।

प्रतिक्रिया