एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङबीच प्रतिस्पर्धा

काठमाडौं । एसीसी प्रिमियर कप टी– २० क्रिकेटको भएको समूह ‘ए’अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दै छ । उक्त खेल खेल मध्याह्न ११ः४५ बजे ओमानको मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ ।

ओमानमा जारी यसअघि नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार मलेसियालाई पाँच विकेटले हराउँदै जित सुरुवात गरेको थियो । त्यसैगरी नेपालले दोस्रो खेलमा कतारलाई ३२ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको थियो ।

आज हुने तेस्रो खेलमा नेपालले हङकङलाई हराउँदै सेमिफाइनलको यात्रा तय गर्ने लक्ष्यमा हुनेछ । त्यसैगरी उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले हारेको थियो । आइतबार साउदीले दिएको २०३ रनको लक्ष्य पछ्याएको हङकङ १४७ रनमा अलआउट भएको थियो ।

शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न हङकङले नेपाललाई हराउनै पर्ने दबाब छ । हङकङ लगातार दोस्रो दिन खेल्दा नेपाल एक दिनको विश्रामपछि खेल्दैछ । त्यसैले नेपाललाई केही फाइदा हुन सक्छ । नेपालको समूह ‘ए’ मा नेपासिहित हङकङ, कतार, साउदी अरबेया र मलेसिया रहेका छन् ।

यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स युएई छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल वैशाख ९ गते हुनेछ । प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ ।

प्रतिक्रिया