सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नाउपाका चौधरीकाे दाबी पेश

चौधरीलाई २९ जना सांसदको समर्थन रहेको दाबी

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् ।

आइतबार कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी र नाउपा संसदीय दलका नेता घनश्याम चौधरीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

चौधरीले प्रदेश प्रमुख नजीर मियाँलाई कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६ र एकीकृत समाजवादीका ४ जनाको समर्थन रहेको दाबीसहित मुख्यमन्त्री नियुक्तको लागि दाबी पेश गरेका छन् ।

५३ सदस्यीय प्रदेशसभामा बझाङबाट निर्वाचित पृथ्वी सिंहको निधन भएको छ भने नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद इन्दिरा गिरीलाई कारबाही गर्ने निर्णय गरेको छ । चौधरीले आफूलाई २९ जना सांसदको समर्थन रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया