मुगुमा एनआइसी एसिया बैंक तोडफोड

मुगु । मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति बैंकको मूल ढोका फोरेर भित्र ९ः२१ बजे एक जना व्यक्ति बैंकभित्र गएको बैंकको सीसी क्यामारामा देखिएको छ । ती व्यक्तिले बैंकभित्र प्रवेश गरेर सुरक्षा गार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ ।

बैंकमा एक जना मात्र सुरक्षाकर्मी भएको र उनको ड्युउटी राति ८ बजेसम्म मात्र भएकाले त्यही मौका छोपी अज्ञात व्यक्तिले बैंकको मुल ढोका फोरेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार बैंकको ढोका फोरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिने व्यक्ति बजार घुमिरहने, मानसिक अवस्था ठिक नभएको जस्तो देखिने एक युवा भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बैंकको ढोका फोर्ने र जुत्ता तथा खुकुरी चोर्नुबाहेक अन्य कुनै क्षेति गरेको नदेखिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया