रुकुम पश्चिमका २७ सामुदायिक वनमा डढेलो

डढेलोले हप्ता दिनमै तीन जनाको मृत्यु, १६ जना घाइते

सुर्खेत । गत सोमबार डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित मष्टा भवानी सामुदायिक वनमा आगलागी भयो । अघिल्लो दिन आइतबार लागेको आगो पुन लागेपछी देविदत्त गुल्म भदालेचौर दुनैमा रहेका सैनिकहरु आगो नियन्त्रणमा खटिए । डढेलो नियन्त्रणका लागि सबैलाई आह्वान पनि गरे । सोहि अनुसार गाउँले, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली शैनिकले पहिलो दिन गाउँलेलाई लिएर जाँदा अत्याधिक हावाहुरीका कारण आगो निभाउन सकिएन ।

आगो नियन्त्रणमा लिने क्रममा १६ जना सैनिक घाइते भए । जसमध्ये चार जना गम्भिर घाइते भए । उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइयो । तर तीन जनाले अकालमै ज्यान गुमाए । तीन जना शैनिकसँगै वर्षौदेखि जोगाउँदै आएको वनमा डढेलो लाग्दा धेरै बोटबिरुवा जलेर नष्ठ भएका छन् ।

डोल्पा मात्रै होइन, कर्णाली प्रदेशभर गर्मी बढेसँगै आगलागिका घटना बढ्दै गएका छन् । दिनहुँ आगलागिका घटना भइरहदाँ स्थानीय सरकार र वन कार्यलय भने कुनै पनि पुर्वतयारीमा जुटेका छैनन् । डढेलोका कारण वर्षेनि ठूलो मात्रामा बोटविरुवा तथा वनस्पतिको र मानविय क्षति हुने गरेको छ । डढेलो रोकथामका लागि चाहिने पूर्वाधार भने छैनन् ।

डोल्पामा एकै सातामा दुई घटना तीनको मृत्यु, १६ जना घाइते

एक सातामा डोल्पामा आगलागीका दुई घटना घटेका छन् । भने हालसम्म ३ जनाले ज्यान गुमाइ सके । गत सोमबार लागेको डढेलो निभाउने क्रममा १६ सैनिक घाइते भएका थिए । जसमध्ये भने ४ जना गम्भिर घाइते भएका थिए भने, तीन जनाको उपचारको क्रममा मृत्यु भयो । एक साता बित्न नपाउँदै फेरी बिहिबार डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–४ स्थित एक सामुदायिक बनमा च्याउ टिपन्न गएका ३ जना बालक आगलागिमा परेर गम्भिर घाइते भएका छन् । आगलागिमा परेर सोहि पालिकाका ८ वर्षका सुलस बुढा, १० बर्षका बिवश बुढा र १३ बर्षका सुम्नत बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले बताएको छ ।

यता रुकुम पश्चिममा पनि आगालागीका घटनाहरु बढिरहेका छन् । जिल्ला वन कार्यालय रुकुम पश्चिमका अनुसार करिव ३ साताको विचमा आगलागीबाट करिब ५५० हेक्टर क्षेत्रफलमा लगाइएका विभिन्न प्रजातिका बोटबिरुवामा क्षति भएको जनाएको छ । गर्मियाम सुरु भएयता रुकुम पश्चिमका २७ वनमा आगलागी भएको र त्यसमध्य चैत महिनामा मात्रै २२ स्थानमा आगलागी भएको बताइएको छ ।

गर्मिको समय सुरु भएसँगै कर्णाली प्रदेशका विभिन्न पहाडी ÷ मध्यपहाडी जिल्लाहरुमा दिनहुँ जसो आगलागि भइरहेको छ । सुख्खा मौसम लम्बिँदै जाँदा नेपालमा डढेलो र आगलागिका घटना बढ्दै गएका छन् । डढेलोको कारण देशभर नै वायु प्रदूषणसमेत बढ्दै गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण को तथ्यांकमा उल्लेख छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया