उखुको रस बिक्रि गरेर मनग्य आम्दानी गर्दै महतो

गौर । गर्मी बढेसंगै चिसोको बिक्रि बढ्न थालेको छ । बिहान सतु खानेहरूको भिड हुन्छ भने दिउँसो उखुको रस तथा चिसो पेयपदार्थ पिउनेको भिड त्यतिकै लाग्ने गर्दछ ।

उखुको रस बिक्रि गर्ने रौतहट जिल्लाको राजदेवी नगरपालिका–७ मुडवालबा निवासी राम प्रवेश महतोले उखुको रसको व्यापार राम्रो चलेको बताएका छन् ।

गर्मीको समय भएकोले रस पिउने आउनेको भिड लाग्ने गरेको उनले बताए । ८ हजार प्रति कट्ठाको दरले उखु खरिद गरेर गौरमा कोलहूमा पेलेर रस बिक्रि गर्ने महतोले राम्रो आम्दानी हुने गरेको बताए ।

प्रति गिलास ३० रुपैयाँका दरले बिक्रि हुने गरेको बताउदै महिनाको ३० हजारदेखि ३५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले सुनाए ।

पहिला भारतको असाम र पन्जाब गएर मिहनेत गर्ने भन्दा राम्रो आय उखुको रस बिक्रि गरेर हुने गरेको उनले बताए । महतोले भने, ‘पन्जाबमा काम गर्नु भन्दा राम्रो यो व्यापार गरेर गरी रहेको छु । विदेश भारतको असम र पन्जाबका काम गर्न जादा परिवारको खर्च धान्न गार्हो हुन्थ्यो, तर अहिले सहज भएको छ’ महतोले भने, धान रोप्ने, काट्ने तथा गेहुँ बाली भित्र्याउन पन्जाबमा जाने गर्थे र त्यहाँबाट कमाएर ल्याएको पैसाले परिवारको खर्च, औषधि उपचार गर्दा सकिने र पछि ऋण लिनु पर्ने बाध्यता हुन्थ्यो । अहिले उखु खरिद गरेर रस बिक्रि गर्न लाग्दा आम्दानी पनि राम्रो हुने र घर परिवारको खर्च, औषधि उपचार गरेर पनि बचत हुने गरेका छ ।’

एउटा छोरा र ४ छोरी रहेको महतोले २ छोरीको बिहे गरी सकेको बताए । छोरा र २ छोरीको बिहे गर्न बाँकी रहेको छ । महतोले दिन भरिमा ७० देखि १०० गिलास बिक्रि हुने गरेको बताए । डिजेलमा महिनाको १२ हजार खर्च हुने र परिवारको खर्च राम्रोसँग धान्न सकेको उनले बताए ।
उनका अनुसार गाउँ तथा गौर बजारको सरकारी कार्यालय, चौकमा बढी बिक्रि हुने गरेको छ । गर्मीमा उखुको रस चिसो हुने भएको र खाए पछि शरीरमा फाइदा हुने गरेकोले ग्राहकहरुको रोजाईमा परेको उहाको भनाइ रहेको छ ।

उखुको रस पिउनेमा चासो राख्ने ग्राहकहरुले रसले फाइदा हुने भएको तथा बर्षमा एक पटक मौका आउने गरेकोले रस पिउनु पर्ने बताएका छन् । उखुको रसमा नुन, कागती हालेर खादा मिठो र स्वादिस्ट हुने ग्राहक अशोक साहको प्रतिक्रिया रहेको छ । बैशाख महिनामा सतु, उखुको रस तथा चिसो पेयपदार्थको बिक्रि वितरण बढेको छ । गर्मी छल्नको लागि सर्ब साधारणले चोसो खाने गरेका छन् ।

प्रतिक्रिया