वनमा लागेको डढेलोमा परेर डोल्पामा तीन बालक गम्भीर घाइते

सुर्खेत । वनमा लागेको डढेलोमा परेर डोल्पामा तीन बालक गम्भीर घाइते भएका छन् । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने सामुदायिक वनमा लागेको डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते भएका हुन् ।

(बहीबार) आज दिउँसो घर नजिकैको वनमा च्याउ टिप्न गएका क्रमशः १०, १२ र १३ वर्षका तीन बालक डढेलोमा परेर गम्भीर घाइते भएको त्रिपुरा सुन्दरी नगरपालिकाकी उपप्रमुख देवी घर्तीले जानकारी दिइन् ।

उपप्रमुख घर्तीका अनुसार गम्भीर घाइते तीन बालकहरुलाई जिल्ला अस्पताल दुनै पठाइएको र त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत नेपालगञ्ज रिफर गर्ने तयारी भइरहेको छ । तर आजको खराब मौसमका कारण थप कठिनाई भएको उनले बताइन् ।

डोल्पामा गएको सोमबार मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा चार जना सैनिक गम्भीर घाइते भएका थिए । तीमध्ये तीन जनाको उपचारका क्रममा निधन भएको छ । थप एक जनाको उपचार जारी छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया