डोल्पामा आगो निभाउने क्रममा अस्ताए तीन सैनिक

सुर्खेत । डोल्पामा डढेलोमा परी ३ जना नेपाली सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिन परिचालित ३ जना नेपाली सैनिकको मृत्यु भएको हो । उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो । आगो नियन्त्रमा लिने क्रममा घाइते भएका उनिहरुको उपचारका क्रममा मृत्यु भएको हो । उक्त आगलागी बाट मृत्यु हुनेमा हुम्लाका २३ वर्षीय आशिष बुढा, काभ्रेका ३८ वर्षीय केशवबहादुर मगर र जुम्लाका २८ वर्षीय हेमन्त रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए ।

अर्का एक जना गम्भिर घाइते भएका ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। मष्टा भवानी सामुदयिक वनमा लागेको डढेलो अत्याधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया